कैलाली २ मा रोकिएको मतगणना सुरु

कैलाली। प्रतिनिधिसभा सदस्य तर्फ कैलाली क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । विवाद समाधान भएपछि रोकिएको मतगणना चलिरहेको हो ।

कैलाली २ मा मुचुल्का उठाए भन्दा १०९ मत कम भेटिएको भन्दै कांग्रेसका प्रतिनिधि बाहिर निस्किए पछि गणना स्थगित भएको थियो । बलरा नगरपालिकामा रहेको जनता आधारभुत विद्यालय बेल्वाजब्दी मतदान केन्द्रको एउटा मतपेटिकामा ६ वटा मध्ये ४ वाट मात्रै शिल रहेको भेटिएपछि दलका प्रतिनिधिले विवाद गर्दा मतगणना स्थगित भएको थियो ।

राजपाका उम्मेदवार राकेश कुमार मिश्र कांगे्रसका अमरेश कुमार सिंह भन्दा ३ सय ८३ मतले अगाडि हुनुहुन्छ । मिश्रले १६ हजार ३ सय १८ र सिंहले १५ हजार ९ सय ३५ मत प्राप्त गर्नु भएको छ ।

कैलालीमा एमालेका झपटबहादुर रावलले १० हजार २ सय ८५ मत सहित अग्रता कायमै राख्नुभएको छ । कांग्रेसका मोहनसिंह राठोरले ८ हजार ३ सय ४५ मत पाउनुभएको छ । यस्तै सर्लाही क्षेत्र नं. ४ मा दलका प्रतिनिधिबिचको विवादले अस्ति राती साढे १० बजेदेखि रोकिएको मतगणना विवाद समाधान भएपछि गणना सुरु गरिएको छ ।

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

 

You May Also Like