रियल मड्रिड हारबाट जोगियो, पुग्यो अन्तिम १६ मा

रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा तेस्रो डिभिजनको फुएनलाब्रादासँग २–२ को बराबरीमा रोकिए पनि समग्रमा ४–२ को जितसहित रियल मड्रिड अन्तिम १६ मा पुग्न सफल भएको हो । तेस्रो डिभिजनको क्लबसँग पराजित हुन नदिन रियल मड्रिडका लागि दुवै गोल बोर्जा मायोरलले गरे । दुवै गोलका लागि दुई महिनापछि मैदान फर्किएका ग्यारेथ बेलले सहयोग गरे ।

छुटाउनै नहुने समाचारः मुगुबाट नेपालगञ्ज जादैँ गरेको जिप कालिकोटमा दुर्घटना, ३ को मृत्यु, ६ घाइते

बेल काल्फ इन्जुरीका कारण दुई महिनादेखि मैदान बाहिर थिए । उनी मंगलबार रातिको खेलबाट मैदान फर्किएका हुन् । चोटपछिको मैदान आगमनमा उनले राम्रो प्रदर्शन गरेका छन् । १९ पटकको कप विजेता रियल मड्रिडका लागि दोस्रो लेगमा ६२ र ७० औं मिनेटमा गरी मायोरलले गोल गरेका हुन् । त्यसअघि २५ औं मिनेटमा मिल्लाको गोलबाट फुएनलाब्रादाले अग्रता लिएको थियो । ८९ औं मिनेटमा पार्टिल्लाले फुएनलाब्रादाका लागि बराबरी गोल गरे । लेगानेस, सेल्टा डि भिगो र लेभान्टे पनि समग्रमा जित निकाल्दै कोपा डेल रे को अन्तिम १६ मा पुगेका छन् ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like