राजधानी गुमेपछि मुख्यमन्त्रि तान्ने कसरतमा कर्णाली

जुम्ला । ६ नम्बर प्रदेशको सम्भावित राजधानी जुम्ला हुने आशा गुमाएपछि यति बेला कर्णाली बासी मुख्य मन्त्री भने कर्णालीमा नै तान्ने कसरतमा जुटेका छन् । प्रदेशको राजधानी सुर्खेतमा भएपनि त्यसको नेतृत्व कर्णालीबाट हुनु पर्ने माग सहित मुख्य मन्त्री तान्ने कसरतमा कर्णालीबासी जुटिरहेका हुन् । मुख्य मन्त्रीका लागि कर्णलीका ३ प्रभावशाली नेताहरुको चर्चा चलिरहेका बेला जो भएपनि चुनावी नतिजा पछि मुख्य मन्त्रीका कर्णालीकै हुनु पर्ने भन्दै चियो चर्चा हुन थालेको छ ।

नेता कार्यकर्ता देखि बृद्धीजीविहरु चिया पसल देखि चौताराहरुमा अचेल मूख्य मन्त्री कर्णालीबाट हुनु पर्ने बहस गर्न थालेका छन् । विभिन्न सम्भावनाका बचि पनि जुम्लालाई राजधानी बनाउन दलहरु उ बेला मौन भए । तर अहिले राजधानी गुमाए पनि मुख्य मन्त्री नगुमाउने कसरतमा कर्णालीका नेता देखि कार्यकर्ता लागि परेका छन् ।

भौगोलिक हिसाबले पनि निकै उपयुक्त ठानिएको जुम्ला लाई ६ नम्बर प्रदेशको राजधानी बनाउन कर्णालीका कुनै राजनिति दलहरले चासो नदेखाउदाँ सुर्खेतमा राजधानी पक्का भएपछि अन्तिम विकल्पका रुपमा मुख्य मन्त्री कर्णालीमा तान्ने हरप्रयास हुन थालेको नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले बताए । उनले भने पद भन्दा अहिले जनता विकासको खाचो छ ।

त्यसैले राजधानी गुमाएपनि मुख्य मन्त्री कर्णालीकै हुनुपर्ने उनको तर्क छ । चुनाव अघि र चुनाव पछि निकै चर्चामा आएका माओबादिकेन्द्र जुम्लाका नरेश भण्डारी, सरकारका विना विभागीय मन्त्री तथा कालिकोटका महेन्द्र बहादुर शाहि र हुम्ला पुर्व मन्त्री जीवन बहादुर शाहि गरी तीन जनाको नाम मुख्य मन्त्रीका लागि सबैकने मुखमा आएको छ । तर तीन जनामध्य को होला मुख्य मन्त्री त्यो हेर्न बाँकी छ । तर नेताकार्यर्ता तथा समर्थनकहरुले आफ्नै दाबी गरीरहेका छन् ।

कर्णालीको समृद्धीको लागि कर्णाली मुख्य मन्त्री चाहिन्छ । तातोपानी गाउँपालिकाका मतदाता दिपक बहादुर बुढाले भने, राजधानी गुमाउने नेताहरुले मुख्य मन्त्री ल्याउन नसके कर्णालीका जनताले आगामी दिनमा पत्याउन छोड्ने उनको भनाई छ । अझै कर्णाली दुर्गमको संघया पाइरहेको छ । खानेपानी,शिक्षा, स्वास्थ्य रोजगारको समस्या कर्णालीमा अझै ज्युको त्यू छ ।

तर विगतका विभिन्न निर्वाचनमा दिएका आश्वानशले कर्णालीका समस्या उजागरकाा लागि खासै माखो मार्न पनि सकेन । देश अहिले संघियतामा गए सुर्खेत ६ नम्बर प्रदेशको राजधानी हुने भएपछि कर्णालीको काचुली फेर्नको लागि भएपनि मुख्य मन्त्री कर्णालीकै हुनु पर्ने कर्णाली बासीको माग छ ।

भर्खरै सम्पन्न संघ र प्रदेश सभाको निर्वाचनबाट आएको नतिजाले कर्णालीकै तीन जना मध्य एकजना मुख्य मन्त्री हुनु पर्ने आशा कर्णालीको छ । कर्णाली बासीले राजधानी गुमाएपछि मुख्य मन्त्रीको आशाा गर्नु अनुउचित नभएपनि मंसिर २१ आउने चुनावी नतिजाले कर्णालीले मुख्य मन्त्री पाउने वा नपाउने भन्ने ’bout हेर्न बाँकी छ ।

छुटाउनै नहुने समाचारः
मुगुबाट नेपालगञ्ज जादैँ गरेको जिप कालिकोटमा दुर्घटना, ३ को मृत्यु, ६ घाइते

डोल्पाका ९ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउन समस्या

यो सामाग्री हामी दैलेख र सुर्खेतबाट सयुक्त रुपमा सञ्चालिन अनलाइन न्युज पोर्टल पश्चिम नेपाल डटकमबाट साभार गरेका हौ । यो सामाग्री लेखन जुम्लाका पत्रकार सागर परियारले गरेका हुन् ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like