डोल्पाका ९ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउन समस्या

डोल्पा: पहिलो चरणमा आइतबार मतदान भएका डोल्पाका ९ वटा मतदानस्थलको मतपेटिका सदरमुकाममा ल्याउन समस्या भएको छ । मौसमको खराबीले हेलिकप्टर उड्न नसक्दा मतपेटिका सदरमुकाम ल्याउन समस्या भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मौसम खुल्ने बित्तिकै मतपेटिका सदरमुकाम ल्याउने तयारी छ ।

तर बुधबार त्यहाँको मौसम आशिंक बदली भई हल्का हिमपात हुने मौसमविदको अनुमान छ । मतपेटिका सदरमुकाम ल्याउन नसक्दा चिसोका कारण बिग्रन सक्ने आशंका छ । निर्वाचन आयोगले भने कोठाभित्र सुरक्षित राखिने भएकाले मतपेटिका बिग्रने संभावना नभएको दाबी गरेको छ ।

पहिलो चरणमा मतदान भएका ३२ जिल्लामध्ये डोल्पा बाहेकका अरु सबै जिल्लाको मतपेटिका सम्बन्धित जिल्लाको सदरमुकाममा ल्याएर सुरक्षित रुपमा राखिएको आयोगले जनाएको छ ।

छुटाउनै नहुने समाचारः मुगुबाट नेपालगञ्ज जादैँ गरेको जिप कालिकोटमा दुर्घटना, ३ को मृत्यु, ६ घाइते

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like