डोल्पा–उत्तरी सीमा तिब्बतसँग जोडिएका उपल्लो डोल्पाका २० मतदान केन्द्रका मतपेटिकाहरु हेलिकोप्टरमार्फत सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने भएको छ।
उपल्लो डोल्पामा पर्ने शे फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध र छार्का तांङसोङ्ग गाउँपालिकामा रहेका २२ मतदान स्थलका मतपेटिका मध्ये शे फोक्सुण्डो गाउँपालिका अन्तर्गतको फोक्सुण्डोमा रहेका दुई मतदानस्थलको मतपेटिका भने सोमवार बिहान सदरमुकाम दुनैमा ल्याइपुगेको मुख्य निर्वाचन अधिकृत रमेश ज्ञावलीले जानकारी दिए।
यो पनी पढ्नुहोसः भरूवा बन्दुकसहित २ पक्राउ
मध्य र तल्लो डोल्पाका ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका काइके गाउँपालिका, मुडकेचुला गाउँपालिका र जगदुला गाउँपालिका अन्तर्गतका ४४ मतदान केन्द्र र शे फोक्सुण्डो गाउँपालिकाका २ मतदान केन्द्र गरेर ४६ मतदान केन्द्रका १ सय ३८ मतपेटिकाहरु सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उपल्लो डोल्पाका २० मतदान केन्द्रका ६० मतपेटिकाहरु भने मंगलवार बिहानबाट हेलिकोप्टरमार्फत ओसार्ने काम भइरहेको निर्वाचन अधिकृत ज्ञावलीले बताए। उनका अनुसार डोल्पामा ८१।३ प्रतिशत मत खसेको छ।
डोल्पाको सबै भन्दा कम मतका साथै शतप्रतिसत मत शे फोक्सुण्डो गाउँपालिका अन्तरगतको फोत मतदान केन्द्रमा खसेको बताइएको छ। त्यहाँ २३ मतदाता थिए २३ मत नै खसेको छ।
श्रोत: नागरिकन्यूज
-
रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
रारा सञ्चार अनलाइनः यहाँ
कर्णाली अनलाइनः यहाँ