डोल्पामा ५८ प्रतिशत मतदान

डोल्पा: डोल्पामा दिउँसो ४ बजेसम्म ५८ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । डोल्पाका ६६ मतदान केन्द्र मध्ये ६४ वटामा मतदान चलिरहेको छ । दिउँसो ४ बजेसम्म ५८ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत रमेश ग्यावलीले जानकारी दिनुभयो । उहाँका अनुसार शे–फोक्सोण्डो गाउँपालिकाको फोद केन्द्रमा सबै २३ मतदाताले मतदान गरेका छन् ।

त्यसैगरी छरकापाङ्साङ गाउँपालिकाको पाङसाङकोट केन्द्र र शे–फोक्सोण्डो गाउँपालिकाको पुरानो कुलाङ् केन्द्रमा भने कति मतदान भयो भन्ने जानकारी आएको छ । त्यहाँ मतदान कति भयो भन्ने ’bout मतदान टोलीसँग सम्पर्क भएको छैन । बिहानैदेखिको प्रयास पछि पनि सम्पर्क भएको छैन । यी मतदान केन्द्र तिब्बतसँग जोडिएका छन् ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like