रोहिंग्या शरणार्थीलाई फिर्ता गर्ने सहमति

बङ्गलादेश र म्यानमारबीच रोहिंग्या शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति भएको छ । विश्वभरबाट म्यानमारको रोहिंग्या शरणार्थीलाई फिर्ता गर्न माग गरिरहेका समय म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी र बङ्गलादेशका विदेश मन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा भएको बैठकले रोहिंग्या शरणार्थीलाई फर्काउने प्रयास स्वरुप दुई महिनाभित्र पहल शुरु गर्ने सहमति भएको बैठक पछि जारी गरिएको संक्षिप्त विज्ञप्तिमा जनाइएको बिबिसीमा उल्लेख छ ।

म्यानमारमा पछिल्ला केही महिना यता भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानपछि म्यानमारको रोहिंग्या समुदायको बसोबास रहेको राखिने राज्यबाट झण्डै ६ लाख २० हजार नागरिक भागेर बङ्गलादेश पुगेका थिए । म्यानमारको सुरक्षाकर्मीले चलाएको पछिल्लो अभियानलाई अमेरिकाले अल्पसङ्ख्यक रोहिंग्या समुदायलाई राखिनेबाट हटाउने प्रयास भनी आलोचना गरेको छ ।

सहमति अनुसार आउँदो तीन हप्ताभित्र कार्यदल बनाई काम शुरु गरिने छ । सहमतिपछि छोटो प्रतिक्रिया दिँदै विदेशमन्त्री अलीले भन्नुभयो, ‘शरणार्थीलाई फर्काउन गरिएको यो शुरुवाती कदम हो । म्यानमारले रोहिङ्ग्यालाई फिर्ता लाने छन् । अब हामीले काम सुरु गर्नुपर्छ ।’ कति रोहिंग्यालाई स्वदेश फर्काइदैछ र यो प्रक्रिया कहिलेसम्म सम्पन्न हुनेछ भन्ने बिषयमा दुवै पक्षले प्रष्ट बोलेका छैनन् ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like