बैतडीमा ३८ मतदानस्थल सम्वेदनशीलको सूचीमा

बैतडी: मंसिर १० मा हुने आसन्न निर्वाचनमा बैतडीका तीनओटा मतदानस्थललाई अतिसम्वेदनशील र ३८ मतदानस्थललाई सम्वेदनशीलको सूचीमा राखिएको छ ।

जिल्ला सुरक्षा समितिले मतदान केन्द्र र मतदानस्थलको भौगोलिक,सामाजिक लगायतका अवस्था हेरेर श्रेणी विभाजन गरेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।यस्तै ३८ ओटा मतदानस्थललाई सम्वेदनशीलको सूचीमा राखिएको छ भने ७९ ओटा मतदान स्थललाई समान्य अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।

विभिन्न सूचकहरु तय गरेर मतदानस्थलको संवेदनशीलता छुट्याइएको उहाँले बताउनुभयो । बैतडीमा आगामी निर्वाचनका लागि १२० ओटा मतदानस्थल तोकिएका छन् भने १ सय ८२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिनुभयो ।

You May Also Like