यु १९ एसिया कप छनौट : नेपाल तेस्रो खेल पनि हार्‍यो, युएईसँग १-० ले पराजित


काठमाडौं– उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौट अन्तर्गत शनिबार नेपाल युएईसँग १–० ले पराजित भएको छ । लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपालको छनाैट सम्भावना सकिएको छ ।

युएईका खल्फान हसनले खेलको ७२ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । नेपालले पाएका केही राम्रा अवसर सदुपयोग हुन सकेन । नेपालले ८९ औँ मिनेटमा पाएको पेनाल्टीलाई पनि गोलमा परिणत गर्न सकेन । नेपालका अभिषेक रिजालले हानेको पेनाल्टी युएईका किपरले बचाइदिए ।

नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले टिमले दुई खेलमा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको भन्दै युएईसँगको खेलमा प्रदर्शन सुधार हुने बताएका थिए । तर सोचेजस्तो खेल भने हुन सकेन । यसअघि बिहीबार भएको खेलमा बहराइनसँग ३–० तथा मंगलबार भएको खेलमा नेपाल किर्गिस्तानसँग २–० ले हारेको थियो ।

१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । नेपाल रहेको समूहमा बहराइन, किर्गिस्तान, युएई र ओमान रहेका छन् । नेपालले २२ गते ओमनसँग खेल्ने छ ।

जानकारी: रारा सञ्चार अनलाईनलाई तपाई फेसबुकमा (यहाँ), ट्विटरमा (यहाँ) र युट्युबमा (यहाँ) फ्लो गर्न सक्नुहुनेछ ।

You May Also Like