‘बादल’ चुनावी मैदानबाट आउट


काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ चुनावी प्रतिस्पर्धाबाट बाहिरिनुभएको छ । थापालाई उठाउने निर्वाचन क्षेत्र’bout माओवादीभित्र विवाद भएपछि उहाँ चुनावमा नउठ्ने हुुनुभएको हो ।

थापाले चितवन-२ बाट उठ्ने इच्छा देखाए पनि त्यो क्षेत्र एमालेले नछाडेपछि उहाँलाई उठाउने अरु क्षेत्रको खोजी भएको थियो । बादललाई काठमाडौं-१० बाट उम्मेदवार बनाउने तयारी गरे पनि अन्तिम समयमा माओवादीले त्यस क्षेत्रबाट हितमान शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै बादल चुनावी प्रतिस्पर्धामा नआउने पक्का भएको छ । उहाँलाई नवलपुरबाट उठाउने विषयमा पनि चर्चा भएको थियो ।

माओवादी केन्द्रका एक नेताले उज्यालो अनलाइनसँग भने, ‘योपटक बादल जी चुनावमा नउठ्ने हुनुभएको छ । काठमाडौं–१० बाट उठाउने’bout छलफल भए पनि उहाँको पक्षमा निर्णय भएन ।’

You May Also Like