मुगुमा माओवादीले फिर्ता लियो स्वतन्त्र उम्मेदवारी

कार्तिक ८, २०७४-
माओवादी केन्द्रले गत आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गराएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको छ ।
बुधबार १ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर बाम गठबन्धनविपरीत प्रदेशसभा र प्रतिनिधिसभाको लागि मनोनयन गराएको उम्मेदवारी फिर्ता लिएको पोलिटब्यूरो सदस्य मंगलबहादुर शाहीले बताए । पार्टी केन्द्रीय समितिले ५ वर्षसम्म कारबाही गर्ने चेतावनीपछि उम्मेदवारी फिर्ता लिएको शाहीले बताए । अब बाम गठबन्धन कार्यदलले गरेको निर्णयअनुसार सूर्य चिन्हमा मतदान गर्ने माओवादीले जनाएको छ ।

पार्टीले हामी मुगुका माओवादीलाई अवहेलना गरेको रिसले मनोनयन गराएको उम्मेदवारी फिर्ता लिएको जिल्ला इन्चार्ज बिर्खबहादुर थापाले बताए । मुगुमा बाम गठबन्धन एकता भएको उनले सुनाए । मुगुमा अब प्रतिनिधिसभा र प्रदेशसभामा माओवादीले एमालेको सूर्य चिह्नमा मतदान गर्ने भएको छ । बाम गठबन्धनले गर्दा ठूलो पार्टी कांग्रेसलाई असर पर्ने सक्ने अनुमान गरिएको छ ।

मुख्य निर्वाचन अधिृतकको कार्यालयको तालिकाअनुसार बुधबार उम्मेदवारी फिर्ता लिने अन्तिम नामावली प्रकाशन गर्ने भएपछि माओवादीले आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको हो ।

You May Also Like