मेयर उम्मेदवारका भतिजलाई माओवादी कार्यकर्ताले हत्या गरेको राजपाको आरोप

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय तहको तेस्रो चरणको चुनाव प्रचारमा जाँदा आफ्ना उम्मेदवारका भतिजको माओवादी केन्द्रका कार्यकर्ताले हत्या गरेको आरोप लगाएको छ ।

मंगलबार रौतहट मौलपुर नगरपालिका मेयरका उम्मेदवार रविन्द्र कुमार पटेल (धिरज) आफ्ना दाइ राजेन्द्र पटेलसहित पूरै परिवार चुनाव प्रचारमा हिँडेको र प्रचारका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले सांघातिक आक्रमण गरी राजेन्द्रका छोरा बलवीरको हत्या गरेको राजपाले विज्ञप्तीमार्फत जनाएको छ ।

राजपाले न्यायिक छानवीन गरी दोषीमाथि कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिन माग पनि गरेको छ ।

You May Also Like