खत्याड गाउँपालिकाका बालबालिका भित्तेपत्रिका मार्फत जनचेतना जगाउदैँ

गमगढीः जिल्ला सदरमुकाम गमगढी बाट पश्चिम भेगमा पर्ने खत्याड गाउँपालिकाका बिभिन्न क्षेत्रहरुका बालबालिकाहरु हिजो आज बाल भित्रे पत्रिका मार्फत जनचेतना जगाउन लागि परेका छन् । खत्याड गाउँ पालिकाको वडा नम्बर १ देखी ४ सम्ममा रहेका बिभिन्न गाउँहरुका बालबालिकाहरु बाल क्लव मार्फत निर्माण गरिएको बाल पत्रिका मार्फत गाउँ बस्तीमा रहेका पुराना कुप्रथाहरुका ’boutमा जनचेतना दिन थालेका हुन् ।

परम्परागत समस्याका रुपमा रहेका छाउपडि प्रथा, धामी झाक्रीको बिश्वास गर्दा हुने बेफाईदाका ’boutमा, बोक्सी, दलित छुवाछुत तथा गाउँ घरमा रहेका सकरात्म कुराहरुको बिकास सगैँ भ्रष्टाचार लगायतका बिषयमा समेत भितेपत्रिका लेखन गर्ने गरेको बालबालिकाहरुको भनाई रहेको छ ।

मोवाईल फोन बाहेक अन्य कुनैपनी सञ्चार सुविधा नभएको खत्याड गाउँपालिकामा युएमएन मुगु क्लष्टरको आर्थिक सहयोगमा ग्रामिण सामुदायिक संस्था (जिएसएस) पहलमा निमार्ण गरीएका बाल क्लब सेरी, श्रीकोट, खमाले, गम्थाले माशिक भित्रेपत्रीका मार्फत नियमित पत्रिका प्रकास गरी रहेका छन ।


पहिले पहिले आफुहरुलाई भितेपत्रिका प्रशासनमा समस्या भएको (जिएसएस) ले पटक पटक तालिम दिदा हिजो आज सहजै रुपमा पत्रिका प्रकाशन गदै आएको र समाजको कुरुति, कुसस्कारको र नियमित बिकासी कार्यमा भईरहेको भस्टचार बिरुद्घ आवाज उठाउने कामले निरन्तरता पाएको तरमाली बाल क्लवकी उपाअध्यक्ष मुन्देबी थापाले बताउनुभयो ।

You May Also Like