स्थानीय तहमा १४ दलको प्रतिनिधित्व, २६ दलको उपस्थिति शून्य

काठमाडौं  । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागीमध्ये १४ दलका उम्मेद्वार मात्र विजयी बनेका छन् । दुई चरणमा ६ प्रदेशका ६ सय १७ तहमा २८ हजार ५ सय ८५ जनप्रतिनिधि (प्रमुखदेखि सदस्यसम्म) चुन्न चुनाव भएको हो ।

आजको नागरिक दैनिकमा खबर छ– छनिर्वाचनमा ४० दलनका उम्मेद्वार प्रतिस्पर्धामा थिए । चुनाव लडेका २६ दलबाट एकजना पनि उम्मेद्वारले जितेनन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार निर्वाचनमा सहभागी हुन ६६ दलले आयोगमा निवेदन बुझाएका थिए । जसमध्ये ४० दलले मात्र निर्वाचनमा एक वा एकभन्दा बढी उम्मेद्वार उठाएका थिए । पहिलो र दोस्रो चराण्को स्थानीय निर्वाचनमा स्वतन्त्रसहित १ लाख ९ हजार ६ सय ७० उम्मेद्वार थिए । दुई चरणको निर्वाचनमा ३ हजार ६ सय ७९ जना स्वतन्त्र उम्मेद्वार थिए ।

You May Also Like