विराटनगरमा कांग्रेसको विशाल विजय र्‍याली

विराटनगर महानगरमा मेयर र उपमेयर दुवै पदमा ऐतिहासिक जित हाँसिल गरेको नेपाली कांग्रेसले विजय जुलुस निकालेको छ। जुलुसमा कांग्रेसका केन्द्रीय नेतासमेत सहभागती छन्। विजय जुलुसमा सहभागी हुन नेताहरु अहिले बिहान विराटनगर आइपुगेका हुन्।

विराटनगरको कोइराला निवासबाट निस्किएको र्‍यालीमा नेताहरू विमलेन्द्र निधि, शेखर कोइराला, डा. मिनेन्द्र रिजाल र रामहरि खतिवडालगायत सहभागी छन्। बिहानैबाट पानीझरी परिरहेको विराटनगरमा झरीको पर्वाह नगरी हजारौैं कार्यकर्ताको सहभागिता छ। विराटनगरका विभिन्न चौक परिक्रमा गर्ने र्‍याली अहिले मुख्य बजारबाट अघि बढेको छ।

जुलुस रेल्वे लाइन हुँदै महेन्द्र चोकबाट मुनालपथ हुँदै पुुष्पलाल चोक परिक्रमा गरेर अपराह्न आदर्श स्कुल पुुगेर कोणसभामा परिणत हुने पार्टी स्रोतले बताएको छ।

विजयी र्‍यालीपछि सभालाई नवनिर्वाचित मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की र अन्य नेताहरूले सम्बोधन गर्नेछन्।

शनिबार राति अबेर अन्तिम नतिजा आएको विराटनगरमा पराजुलीले एमालेका विनादे ढकाल र उपमेयर इन्दिरा कार्कीले माओवादी केन्द्रकी नमिता न्यौपानेलाई पराजित गरेकी थिइन्।

  • विराटनगरमा कांग्रेसको विजय र्‍याली

You May Also Like