मण्डलामा ‘एन्टिगोनी’ (फोटो फिचर)

ग्रीसेली नाटककार सोफोक्लिजद्वारा लिखित नाटक ‘एन्टिगोनी’लाई उत्कृष्ट दुखान्त नाटकमध्येको एक मानिन्छ। यही नाटकको नेपाली एडप्टेसन ‘एन्टीगोनी’ शुक्रबारदेखि मण्डला नाटकघरमा प्रदर्शन सुरु भएको छ। राजन खतिवडाको निर्देशनमा बनेको नाटकमा सृजना सुब्बाले एन्टिगोनीको चरित्र निभाएकी छन्।

नाटकलाई सोमनाथ खनाल र विक्रम परियारले अनुवाद गरेका हुन्। नाटकमा सृजनाबाहेक रञ्जना वली, विजय बराल, विकास जोशी, सोमनाथ खनाल, प्रदिपकुमार चौधरी, उमेश तामाङ, अनुजा अधिकारी, पशुपति राईलगायतका कलाकारले अभिनय गरेका छन्। नाटक साउन २२ सम्म चल्नेछ।

You May Also Like