२४४ स्थानको नतिजा : को–कहाँ विजयी ? (सूचिसहित)

काठमाडौँ, १९ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । ३३४ स्थानीय तहको निर्वाचन भएकोमा २४४ स्थानको नतिजा हालसम्म प्राप्त भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले १०३ स्थानमा जीत हासिल गर्दै शीर्ष स्थानमा रहेको छ । एमालेलाई ९४ सिटसहित नेपाली काङ्ग्रेसले पछ्याई रहेको छ । नेकपा माओवादी केन्द्रले ३२ स्थानमा जीत हासिल गर्दै तेस्रो स्थानमा कायम रहेको छ ।

चौँथो शक्तिको रुपमा संघीय समाजवादी फोरम र नयाँ शक्तिको गठबन्धन देखिएको छ । गठबन्धनले ६ स्थानीय तहमा जीत हासिल गरेको छ । चौँथो शक्तिमा विजय कुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिकले ४ वटा सिट जितेकाे छ ।

यता, राप्रपाले २ तह जित्दा राष्ट्रिय जनमोर्चाले पनि हालसम्म दुई स्थानमा जीत हासिल गरेको छ । यस्तै कपिलबस्तुमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

You May Also Like