सुतिरहेको बेला सर्पले टोक्यो, उपचार नपाएर बालिकाको मृत्यु

उदयपुर असार १९ – उपचारको अभावमा सर्पको टोकाईबाट घाइते एक बालिकाको ज्यान गएको छ । उदयपुरको कटारी नगरपालिका-५ मा उद्धव कोइरालाकी १४ वर्षकी छोरी उमा कोइरालालाई सर्पले टोक्दा समयमा उपचार नपाएर ज्यान गएको हो ।  आइतबार राति घरमा सुतिरहेको बेला विषालु सर्पले सुतेको ठाउँमा शरीरको दुई तिन ठाउँमा टोक्दा भतिजीको ज्यान गएको काका मोहन कोइरालाले बताउनुभयो ।

सर्पले टोकेको थाहा पाएपछि छोरीलाई उपचारको लागि कटारीकै ताराघारीमा रहेको सेनाको क्याम्पको सर्पदंश उपचार केन्द्रमा लग्दा उपचार केन्द्रमा उपचारको लागि प्राविधिक र प्रर्याप्त औषधी नभएपछि गाईघाटमा रहेको १८ नम्बर बाहिनीमा रहेको सर्पदंश उपचार केन्द्रमा लैजादै गर्दा बाटोमा ज्यान गएको काका मोहनले जानकारी दिनुभयो ।  उदयपुरका तराईका नगरपालिका कटारी, चौदण्डी, त्रियुगा, र बेलका नगरपालिकाका धेरै भागहरुमा सर्पको टोकाईबाट वर्षेनी १० देखि १५ जना सम्मको ज्यान जाने गरेको छ ।

You May Also Like