राष्ट्रिय क्षयरोग केन्द्रको निमित्त निर्देशकमा डा केसी नियुक्त

रारा सञ्चार
काठमाडौँ, १९ असार । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय क्षयरोग केन्द्र ठिमीको निमित्त निर्देशकमा डा. केदार नरसिंह केसीलाई नियुक्त गरेको छ। उनी यसअघि केन्द्रीय कारागारको अस्पतालमा कार्यरत थिए।

केन्द्रका निर्देशक डा. शरच्चन्द्र बर्मा शुक्रबारदेखि उमेर हदका कारण सेवा निवृत्त भएपछि मन्त्रालयले केसीलाई निमित्त निर्देशकमा नियुक्त गरेको हो। नियुक्त भएपछि उनले आज केन्द्रमा पद बहाली गरेका छन्।

You May Also Like