कामदार माझ पुगेर समस्या सुन्दै युएईस्थित नेपाली दूतावास

नुवाकोटको त्रिशुलीकी ४३ वर्षकी कल्पना नगरकोटी ३ वर्ष पहिले युएई आउनु भएको हो । केही समयसम्म नेपालमा दलालले भने अनुसारको नै तलब पाउनु भएको थियो । तर तीन महिनादेखि तलब पाउनु भएको छैन् । अर्कातिर कामको ठेगान पनि छैन । ‘कहिले स्कुलमा कहिले घरमा काम गर्नुपर्छ । तीन महिनादेखि तलब पाएको छैन,’ कल्पनाले भन्नुभयो, ‘पासपोर्ट हातमा छैन्, नेपाल कसरी फर्कनु ?’ तलबको माया मारेर उहाँ नेपाल फर्कन पनि सक्नु भएको छैन । बिना तलब काम गर्नुपर्दा उहाँलाई परदेशमा बस्न मन पनि छैन् । उसो त विदेश आउने बेला उहाँले एक लाख १० हजार रुपैयाँ तिर्नु भएको हो ।  कल्पनाको जस्तै पिडा रामेछापको लखनपुर ४ की शान्ता श्रेष्ठले पनि खेपिरहनु भएको छ । उहाँले पनि तीन महिना देखि तलब पाउनुभएको छैन । बिना तलब काम गरेर परदेशमा बस्ने मन पनि छैन ।

‘घर फर्कन मन त छ तर पैसा छैन । घर फर्किएर पनि परिवार कसरी पाल्ने,’ शान्ताले गुनासो गर्नुभयो, ‘परदेशको पीडा उस्तै छ जता गए पनि । परदेश नआउँ घरको छाक टर्दैन ।’ उहाँलाई रित्तो हात नेपाल फर्किएर पनि के गर्ने भन्ने चिन्ता छ । विदेशमा तीन वर्ष बसेर कमाएको पैसा परिवारकै खर्चका लागि सक्नुभयो । अहिले मासिक तलब नै नपाउँदा विदेशमा खान लाउन नै समस्या भएको उहाँले बताउनु भयो ।

शान्ता र कल्पना तीन वर्ष पहिले काठमाडाैंको नयाँ वानेश्वरमा रहेको मुगल म्यानपावरबाट युएई आएका हुन् ।  तीन महिनादेखि तलब नपाएर समस्यामा भएपनि उनीहरुलाई आफ्नो समस्या कसलाई सुनाउने पत्तो छैन । उनीहरुलाई परदेशमा कसैले आफ्ना समस्या सुन्छन र समस्याको समाधान हुन्छ जस्तो पनि लाग्दैन ।  कल्पना र शान्ता त केही उदाहरण पात्र मात्र हुन ।

युएईमा उनीहरुजस्ता धेरै नेपाली कामदार समस्यामा छन् । तर समस्यामा पर्दा कहाँ गएर सम्पर्क गर्ने भन्ने जानकारी नहुँदा उनीहरु दूतावाससम्म पुग्न सकिरहेका छैनन् ।  त्यसैका लागि युएईमा रहेको नेपाली दूतावासले यहाँ कार्यरत नेपालीलाई दूतावासले प्रदान गर्ने सहयोग र सेवाको ’boutमा जानकारी होस भनेर सचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ । दूतावासले यो वर्ष चार वटा सचेतना कार्यक्रमको आयोजना गरिसकेको छ । गएको शुक्रबार दूतावासले युएईको अलऐनमा कार्यरत नेपाली कामदार माझ सचेतना कार्यक्रम गरेको थियो । शुक्रबारको कार्यक्रममा युएईमा कार्यरत काठमाडौंकी विद्या सुब्बाले शान्ता र कल्पनालाई साथमा ल्याउनु भएको थियो ।

कार्यक्रममा उनीहरुको समस्याको ’boutमा पनि छलफल भएको थियो । छलफलमा दूतावासका प्रतिनिधिले तत्कालै उनीहरुको सम्पूर्ण जानकारी लिएर समस्याको समाधान गर्ने बताएका छन् । दूतावासले चालेको यो कमदले दूतावास कामदारमैत्री हुँदैछ भन्नेमा दुई मत छैन् । कामदार आफै सचेत भए मात्र समस्या कम गर्न सकिने र कार्य सम्पादनमा पनि सहजता हुने दूतावासले जनाएको छ ।

नेपाली कामदारलाई दूतावासले गर्ने सहयोगका ’boutमा जानकारी नहुँदा उनीहरु समस्या खपेर बस्न बाध्य भएको भन्दै यस्तो सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।  कुनै नेपालीलाई समस्या परे दूतावासमा टेलिफोन गरेर, पीडित आफै उपस्थित भएर वा कुनै माध्यम मार्फत सम्पर्कमा आए तत्काल उद्दार गर्न दुतावास तयार रहेको कार्यवाहक राजदूत नेत्रबहादुर टन्डनले बताउनुभयो ।

पीडितले आफैले दूतावाससम्म आएर उजुरी दिएमा सम्बन्धित एजेन्टलाई दूतावासले तत्काल कारवाहीका लागि सिफारिस गर्ने टन्डनले बताउनुभयो । दूतावासले गर्ने यस्ता कार्यक्रममा कामदारका हकहितमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि र कामदार स्वयमले पनि दूतावास समक्ष आफ्ना समस्याहरु राख्ने गरेका छन् । यसरी दूतावासले आफ्ना समस्या प्रत्यक्ष सम्बोधनका गर्न लागि परेको भन्दै उपस्थित कामदार र संघसंस्थाका प्रतिनिधिले दूतावासको प्रशंसा गरेका थिए ।

अलऐन क्षेत्रमा रहेका नेपाली कामदारको हकहितका लागि कामगर्ने संघसंस्थाको तर्फबाट संयुक्त रुपमा तामाङ समाजका महसचिव सनिल घिसिङले आफूहरुले सामाजिक काममा गरेको हातेमालो प्रस्तुत गरेका थिए ।  संघसस्थाहरुले मिलेर सामुहिक रुपमा गरेका गतिविधी प्रशंसनीय रहेको राजदूत टन्डनले बताउनुभयो । भविष्यमा पनि यस्तै कामका लागि दूतावासले सबैसँग हातेमालो गर्न तयार रहेको उहाँले बताउनुभयो । कार्यक्रममा उपस्थित सबैले दूतावासलाई कामदार बस्ने क्याम्पसम्म पुगेर उनीहरुको समस्यालाई समाधान गर्न सुझाव दिएका थिए ।

You May Also Like