नारायणगढ-मुग्लिन सडक झण्डै २४ घण्टादेखि अवरुद्ध, यात्रुको बिचल्ली

१७ असार, चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड करिब २४ घण्टादेखि अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा शुक्रबार बिहान ८ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सन्चालनमा आएको छैन ।

You May Also Like