रुकुमको भुमे गाउँपालिका पनि माओवादी निर्वाचित

गाउँपालिकाको अध्यक्षमा निर्वाचित रामसुर बुढाले ३ हजार ४८२ मत पाएका छन् । यसैगरी उपाध्यक्षमा मनकुमारी बिष्ट ३ हजार ४९४ मत सहित निर्वाचित भएकी छन् ।

अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार गञ्जसिंह बुढाले १ हजार ७६४ र उपाध्यक्षकी उम्मेदवार कमला खड्काले १ हजार ६४६ मत पाएकी छन् ।
गाउँपालिकाका ९ वडा मध्य ८ वटामा माओवादी केन्द्र र एउटा वडामा कांग्रेस बिजयी भएको छ ।

You May Also Like