सुरु भयो साउन अर्थात हरियो मौसम, हातमा मेहन्दी लगाउनेको भिड

काडमाडौं, २ साउन ।

साउनको महिनाको पहिलो दिन राजधानीको इन्द्रचोकमा मानिसहरुको भिडभाड देख्दा लाग्थ्यो । साउन अर्थात हरियो मौसम सुरु भयो । हातमा क्यामेरा भिरेर रिर्पोटिङको लागी पुगेको यो बबुरो मुखमा मास्क सहित इन्द्रचोकका चुरा पसलमा पुगेको थियो । त्यति बेलै छेउमै रहेकी काठमाडौँ महानगरपालिका –१६ कि गीता केसी हातमा मेहन्दीको लेदो दल्दै थिइन भने उनको हातभरि हरिया चुराहरुले सजिएका थिए ।

साथमा आफनो संगिनी संचिता शाक्य र गौरी लामालाई पनि गीता मेँहदी र चुराको लागि प्रोत्साहित गर्दै थिइन् । उनीहरु आफैमा चिटिक्क सजिएका थिए ।

राजधानीमा साउनको महत्व बढ्दो छ । साउन लागेसंगै स–साना बालिका, युवती, अधबैंसे, बृद्ध महिला सबैजना यतिबेला हातमा हरीया चुरा र हातका हत्केला भरी मेँहन्दीले जतासुकै देख्न पाइन्छ । शरीरालाई हरीयो सारीले छोपेर हातमा हरिया चुरा अनि मेहन्दी लगाएर प्राकृतिसँग नजिक हुन् खोज्नु र श्रीमान्को आयु लामो होस भन्ने मान्यता राख्दै मेहन्दी र चुरा पहिरने हिन्दु परम्परा रहेको छ ।

श्रीमानको आयु लामो होस् भनेर गीताले साउन महिना भर ब्रत बस्ने विचार गरेकी छिन् । विवाह गरेका महिला मात्र नभई साना बालिका र किशोरीमा समेत मेहेन्दी र हरियो चुरा लगाउने प्रतिष्पर्धा चलिरेको देख्न पाईन्छ । ‘मलाई आमाले मेहन्दीको फोटो देखाउनु भो मन परेर मैले नी लगाए,‘ सात वर्षकी रमिला केसीले भनिन् ।

साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन रहेकाले साउनका सबै दिनलाई उत्तिकै महत्वको रुपमा लिने जनविश्वास रहेको छ । साउन महिनामा महिलाको लागी धर्म कर्म र शिव भगवानकको पुजापाठ गर्ने दिन हो बसन्तपुरमा मेहन्दी लगाउँदै गरेकी संचिता शाक्याले भनिन् ।

हरियो चुरा लगाइसकेपछि चुकाउनु या फुटाउनु हुँदैन भनेर यो महिनाभर होसीयारी अपनाउनु पर्ने जनविश्वास रहेको छ । ‘साउन महिनामा लगाएको चुरा फुटाउन हुदैँन, यदि फुटाएमा अशुभ हुन्छ,’ शाक्याले भनिन् ।

नारीमा यो महिना चुरा लगाउने सोख र होड चलेपछि चुरा पसलको पनि व्यापार बढ्दै गएको छ । बसन्तपुरको नेपाली गहना बिक्रेता प्रोप्राइटर सम्झना श्रेष्ठका अनुसार साउन महिनामा हरियो चुरा र मेहन्दी धेरै बिक्रि हुने गरेको छ । ‘साउन महिनामा हरीयो चुरा र मेहन्दी अत्याधिक बिक्रि हुने गर्छ,’ उनले भनिन् । प्रोप्राइटर सम्झन श्रेष्ठले अघि भनिन्, ‘तर कोरोना कहर हटेकोले गर्दा गत वर्ष भन्दा राम्रो व्यापार भएको छ ।’

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको आफ्नै अर्थ रहेको व्यापारी सम्झना श्रेष्ठले बताइन् । व्यापारी श्रेष्ठका अनुसार हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पँहेलोलाई पवित्रताको पँहेलोलाई प्रतिकको रुपमा लिइन्छ । यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन रहेको उनको भनाई रहेको छ ।

You May Also Like