रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता


काटमाडौं, १७ असार ।

सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।

पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को दर्ता नम्बर १८७ रहेको निर्वाचन कार्यलयले जानकारी दिएको छ ।

पार्टीका प्रवक्ता मुकुल ढकालले प्रस्तावित चुनावचिन्ह गोलाकारभित्रको घण्टी पाएको बताए ।

You May Also Like