नवराज बजगाईको ‘कुन शहरमा’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, ४ असार ।

नवराज बजगाईले ‘कुन सहरमा’ बोलको गीत सार्वजनिक गरिएको छ ।

नेपाली संगीतिक क्षेत्रमा भिन्न शैलिको प्रयोग गर्न माहिर नवराजले यस गीतमार्फत विछोड भईसकेकी प्रेमिकालाई मार्मिक शब्दहरुमार्फत स्मरण गरेका छन् । यो गीतमा स्वर, लय, शब्द तथा अभिनय पनि स्वंम नवराज कै रहेको छ । टिम मुक्तिनाथको निर्देशन र नवराजसहित जुना कार्की र सम्झाना सापकोटाको अभिनयको तालमेलले गीतलाई थप उत्कृष्ट बनाउन मद्यत गरेको छ ।

पछिल्लो समय नेपाली गीतसंगीत क्षेत्रमा सदावहार गीतको अभाव छाइरहेको परिवेशमा नवराजको यो प्रयासले नेपाली संगीत प्रेमीलाई केही रमाइलो र मनोरञ्जन दिने छ ।

बजगाईले केही साताअघि सा ‘आधा माया’ ले संगीत प्रेमिहरुको मन जिते पछि दर्शकहरुका लागि उपहारस्वरुप “कुन सहरमा हरायौं प्रिया” ल्याइएको उनले बताएका छन् ।

You May Also Like