एमाले सांसदको विरोध पछि संसद बैठक स्थगित

%#& ;ef;bsf] x:tfIf/
;+ljwfg;ef ejg gofF afg]Zj/df ;+ljwfg;efsf %#& ;ef;bn] g]kfnsf] ;+ljwfg, @)&@ df x:tfIf/ ug'{ePsf] 5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, ३१ जेठ ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसदले अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। बजेट बनाउँदा बाहिरी मानिसले राजश्वको दर हेरफेर गरेको पाइएको भन्दै एमालेका सांसदहरूले त्यस’bout सत्यतथ्य छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै बैठकमा विरोध गरेका थिए।

एमाले सांसदहरूले उठेर विरोध गरिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले असार १ गते बिहान ११ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका छन्।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका थिए। लगत्तै एमाले सांसदहरू आफ्नो ठाउँबाट उठेर संसदमा अवरोध गरेका थिए।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने एमाले सांसदहरूको भनाइ थियो।

You May Also Like