आधारशिला एकेडेमीमा बिदाई कार्यक्रम सम्पन्न

गोपाल जंग थापा,
ललितपुर, २८ जेठ ।

ललितपुर जिल्लाको एकान्तकुना स्थित आधारशिला एकेडेमीबाट वि.सं. २०७८ सालको एसईई परीक्षा दिएका बिद्यार्थीहरुको बिदाई गरिएको छ ।

हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले शनिबार एक औपचारीक कार्यक्रमको आयोजना गरी आफूहरु भन्दा अघिल्लो ब्याजका एसर्ईई दिएका विद्यार्थीहरुलाई खादा सहित मायाको चिनो प्रदान गरी बिदाई गरेका हुन ।

मायाको चिनो दिदै

उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य गणेश गिरीले विद्यार्थी जीवन नै जीवनको सबैभन्दा रमाइलो र संघर्ष गर्ने समय भएकाले आगामी दिनमा सुन्दर भविष्य निर्माणका लागि मेहनेतलाई निरन्तरता दिन विद्याथीहरुलाई सुझाव दिए । उनले अघिल्ला वर्षहरुमा आधारशिला एकेडेमीबाट एसईई दिएका विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउने गरेको भन्दै २०७८ को एसईई परीक्षा दिएका विद्यार्थीहरुले पनि उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे ।

बिदाई समारोहमा मावि तहका संयोजक शम्भु सुवेदी, शिक्षक सुरेश ठाकुर, दिनेश दास कर्ण लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक झलकहरु समेत प्रस्तुत गरेका थिए ।

मन्तव्य राख्दै प्राचार्य गणेश गिरी

You May Also Like