चितवनको तोपे खोलामा सुख्खा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध


चितवन, २७ जेठ ।

नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध भएको छ । चितवनको तोपे खोलामा सुख्खा पहिरो खस्दा उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

बिहान पौने ९ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

पहिरोका कारण बिहीबार पनि सडक अवरुद्ध भएको थियो । राभरको प्रयासमा पहिरो पन्छाएर सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाइएको थियो ।

You May Also Like