आजबाट बालबालिकालाई कोरोना बिरुद्धको बुस्टर डोज लगाइदै

काठमाडौं, २७ जेठ ।

आजबाट बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिन लागेको हो ।

पहिलो चरणमा जुन खोप लगाइएको हो, त्यही खोप दोस्रो चरणमा लगाइनेछ । यसअघि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो ।

मन्त्रालयका अनुसार पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयमा सम्पर्क राखेर खोप लगाउँन सकिने छ ।

You May Also Like