अमेरिकी राजदूत र्‍यान्डी बेरी र प्रचण्डबीच भेटवार्ता

रारा सञ्चार,
काठमाडौं, २६ जेठ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिन बिहीबार नेपाल आइपुग्नुअघि नै राजदूत बेरी खुमलटार पुगेर आधा घण्टा भेटवार्ता गरेका हुन् ।

दुई जनाबीचको भेटवार्ता भए भए पनि के कुराकानी भयो भन्ने’bout दुवैले खुलाएका छैनन् । अमेरिकी दूतावास स्रोतले भेट’bout पुष्टि गरे कुराकानी’bout बोल्न चाहेन । प्रचण्डको सचिवालय पनि भेट’bout मौन छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमण तयारी भइरहेका बेला फ्लिनको आगमन र राजदूतको सक्रियतालाई अर्थपूणर् रुपमा हेरिएको छ ।

नेपालले सहायता परियोजना एमसीसीलाई व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गरेपछि अमेरिकाले दिँदै आएको आर्थिक सहयोग पनि बढाउने जनाएको छ । एमसीसीलाई अमेरिकाको इण्डो प्यासिफिक सैन्य रणनीतिसँग जोडेर नेपालमा चर्चा भइरहेका बेला सैन्य कमाण्डर फ्लिन चार दिनेभ्रमणमा आएका छन् ।

You May Also Like