एकीकृत समाजवादीका मन्त्री हेरफेर, सहरी विकासमा मेटमणि चौधरी

काठमाडौं, २२ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री हेरफेर गरेको छ ।

पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले एसबाट सरकारमा रहेका मन्त्रीहरुलाई २४ घण्टाभित्र फिर्ता लिने निर्णय अनुसार नयाँ नाम दर्ता गराएको हो ।

सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको जनाइएको छ ।

एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ , सहरी विकासमा मेटमणि चौधरी , श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसीलाई नियुक्त गर्ने भएको हो ।

यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिए ।

You May Also Like