तारा एअर दुर्घटनामा ज्यान गुमाएकाको शव परिवारलाई जिम्मा लगाइने


काठमाडौं, १९ जेठ ।

तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने भएको छ । उद्धार गरी काठमाडौं ल्याइएका २२ जनाको शव बिहीबार परिवार र आफन्तलाई जिम्मा लगाउन लागेको हो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट मृतकका परिवारलाई शव हस्तान्तरण गरिने जनाइएको छ ।

गएको आइतवार पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एअरको ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार सबै शवको पोस्टमार्टम गर्ने काम सकिएकोले परिवारलाई बुझाउन लागेको हो ।

दुर्घटनामा ज्यान गुमाएका चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको शव सोमवार र मङ्गलवार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको थियो।

You May Also Like