प्रचण्डको चेतावनी : ‘काँग्रेसले अ‌हंकार बढाए एमालेकै जस्तो हालत बनाइदिन्छौं’


काठमाडौं, १८ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसको अ‌हंकार बढाए पछि एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिएका छन् । स्थानीय तहको चुनावी जितका आधारमा नेपाली काँग्रेसले अ‌हंकार बढाउन सक्ने भन्दै यसो भनेका हुन् ।

माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा प्रचण्डले काँग्रेस अहंकारी होला कि भन्ने चिन्ता बढेको बताएका छन् ।

‘काँग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्‍यो भने हामीले काँग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्,’ उनले भने,’काँग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।’

You May Also Like