‘कबड्डी ४’ की नायिका मिरुना मगरले दर्शकलाई झाप्पड हानेको विरोधमा प्रदर्शन

काठमाडौं, १७ जेठ ।

‘कबड्डी ४’ की नायिका मिरुना मगरले चलचित्र हेर्न हलसम्म पुगेका एक जना दर्शकलाई झाप्पड हानेको कुराले चर्चा पाइरहेको छ । नायिकाले मुगुका फुर्वा लामालाई हलमा आफुलाई टच गरेको भन्दै थप्पड लगाएकी हुन् । फुर्वा लामा बौद्ध भिक्षु रहेको र निर्दोषलाई फसाउन खोजेको भन्दै प्रदर्शन गरिएको छ ।

चुच्चेपाटीको केएल टावर अगाडि केही युवाहरूले कबडी ४ चलचित्रको पोष्टर जलाएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग गर्दै नाराबाजी गरेका छन् ।

मगरले सबै दर्शकका अघि माफि माग्दा पनि दर्शक फुर्वा लामालाई प्रहरी लगाएर समात्न लगाएकी थिइन् । राजधानीको सिभिल मलको सातौं तल्लामा रहेको कफी सपमा यो घटना घटेको जनाइएको हो ।

फुर्वा लामालाई प्रहरीले हिरासतमा राखेको छ । तर, मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै फुर्वा लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ ।

You May Also Like