मन्त्रिपरिषद् बैठक : आर्थिक वर्षको बजेट स्वीकृत


काठमाडौं, १५ जेठ ।

मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेट आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

अर्थमन्त्री शर्माले आइतबार नै राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण बुझाउने कार्यक्रम रहेको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

अर्थमन्त्री शर्माले राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेश गरेर संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्ने जनाइएको छ ।

You May Also Like