रेनु दाहाल सवार गाडी दुर्घटना


काठमाडौं, १३ जेठ ।

भरतपुर महानगरपालिकाकी नवा निर्वाचित मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ ।

दाहालले सवार गर्ने किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरीका अनुसार दाहालले चढेको गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किएको थियो । गाडी पोलमा ठोक्किँदा दाहालको टाउकोमा चोट लागेको प्रहरी स्रोतका भनाइ छ ।

टाउकोमा चोट लागेपछि दाहाललाई सुमेरु अस्पतालमा लगिएको थियो भने टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ । उनको अवस्थामा भने खतरामुक्त रहेको प्रहरी स्रोतका भनाइ छ ।

You May Also Like