विश्वकै सबैभन्दा होचो पुरुष बने नेपालका डोरबहादुर खपाङ्गी

काठमाडौं, १२ जेठ ।

नेपालका डोरबहादुर खपाङ्गीले विश्वकै सबैभन्दा होचो किशोर ९पुरुष० को विश्व रेकर्ड बनाएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई सो उपाधि दिएको हो ।

गिनिज बुकका अनुसार उनको जन्म सन् २००४ को १४ नोभेम्बरमा भएको थियो । उनी १७ वर्षका भएका छन् । उनको उचाइको मापन सन् २०२२ को मार्च २३ मा काठमाडौंमा गरिएको थियो ।

उनको उचाइ २ फिट ४।९ इन्च रहेको थियो । खपाङ्गीलाई नेपाल टुरिजम बोर्डका सीईओ धनञ्जय रेग्मीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रमाणपत्र लिने क्रममा डोरबहादुर खपाङ्गीले भनेका थिए, मेरो माम डोरबहादुर खपाङ्गीले हो । मलाई म।म चाउमिन मनपर्छ ।

आफ्नो परिवारको कान्छा छोरा रहेका डोरबहादुर सिन्धुलीका बासिन्दा हुन् । उनी हाल गाउँकै स्कूलमा पढिरहेका छन् । यसअघि यो उपाधि नेपालकै खगेन्द्र थापा मगरको नाममा थियो ।

You May Also Like