चलचित्र ‘चिसो मान्छे’को टेलर सार्वजनिक, कर्णालीको कथा देखाउने प्रयास


नेपाली चलचित्र चिसो मान्छेको टेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमबीच उक्त चलचित्रको टेलर सार्वजनीक गरिएको हो ।
निर्माता शर्मिला पाण्डेका अनुसार चललित्र आगामी असार ३ गते देशभरीका हलहरुमा एकसाथ प्रदर्शनमा अउँने छ । यो चलचित्रले कर्णालीको यथार्थ कथालाई समेटेकोले दर्शकले मन पराउँने उनले बताएन् ।

कर्णालीको खस भाषामा निर्माण भएको सो चलचित्रमा चर्तित नायिका तथा मोडल स्वस्तीमा खड्का र अर्पण शर्माको मुख्य भूमीका रहेको छ । यो चलचित्रलाको निर्माता शर्मिला पाण्डे रहेकी छन् भने निर्देशन दिपेन्द्र के. खनालको रहेको छ ।

चलचित्रले वैदेशिक रोजगारका पीडा र कर्णालीका व्यस्थालाई दर्शकमाझ पस्कने काम गरेको छ । मायाँ प्रेमका कुरालाई पनि निकै मार्मिक रुपमा उठान गरिएको छ । सधै जसो हट अवतारमा देखिने नायिका खड्का यो चलचित्रमा भने कर्णालीकी सुन्दर चेलीको भेषमा देखिने भएकी छन् ।

You May Also Like