देशभर जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइदै

काठमाडौं, १० जेठ ।

जेठ १० लाई जात व्यवस्थाविरुद्धको विद्रोह दिवसका रुपमा मनाइने भको छ । नवराज हत्याकाण्डमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने भएको हो ।

जात व्यवस्था उन्मुलन मोर्चा नेपाल र कर्णाली आर्ट सेन्टर, मुगुले विभिन्न कार्यक्रम गरेर विरोध जनाउँने भएका छन् ।

जात व्यवस्था उन्मुलन मोर्चाले राजधानीको माइतीघरमण्डलामा मंगलबार दिउसो २ बजे विरोध सभा गर्ने जनाएको छ । त्यस्तै कर्णाली आर्ट सेन्टर, मुगुले मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा विरोध जनाउँने बताइएको छ ।

You May Also Like