खत्याड गाउँपालिकाका अध्यक्ष शाहीद्धारा पदभार प्रहण, शहिद परिवारलाई एक हजार भत्ता दिने निर्णय


मुगु, ९ जेठ

मुगु जिल्लको खत्याड गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अज बहादुर शाही (अमरध्वज)ले पदभार ग्रहण गरेका छन् । उनले सोमबार पदभार ग्रहण गर्दै दुईवटा मूख्य निर्णय गरेका छन् ।

अध्यक्ष शाहीले पदभार लगतै गाउँपालिकामा पुर्वाधार विकास र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँने र प्राविधीक सेवाको इन्जीनीयर तथा स्वास्थ्य सेवा तर्फको एमविविएस र वि.एन, वि. एस.सी अध्यान गर्नको लागि छात्रवृद्धि दिने निर्णय गरेका छन् ।

त्यस्तै गाउँपालिकामा बसोबास गर्ने खत्याडी जनताहरु मध्ये देशको परिवर्तनका लागी विभिन्न जनयुद्ध, जन आन्दोलन तथा मधेश आन्दोलनका क्रममा शाहदत प्राप्त शहिद, घाइते, अपांग तथा वेपत्ता परिवारलाई माशिक एक हजार भत्ता दिने निर्णय गरेका छन् ।

अध्यक्ष शाहीले निर्णयहरु कार्यान्वयनका लागि पालिकाका कर्मचारीहरुलाई निर्देशनात्मक रुपमा जानकारी समेत गराइएको जनाइएको छ ।

शाही सत्ता गठबन्धन दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट विजयी भएका हुन् । त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकी सरिता रोकाया विजयी भएकी छन् ।

You May Also Like