भारतीय काँग्रेसका नेता सिद्धूलाई एक वर्षको जेल सजायको फैसला

काठमाडौं, ६ जेठ ।

भारतीय काँग्रेसका नेता तथा पञ्जाबका पूर्वमुख्यमन्त्री नवजोतसिंह सिद्धूलाई भारतीय सर्वोच्च अदालतले एक वर्षको जेल सजाय सुनाएको छ । ३४ वर्ष पुरानो घटनामा उनलाई दोषी देखाउँदै यस्तो फैसला सुनाएको हो ।

बिहीबार सर्वोच्च अदालतले करिब तीन दशक पुरानो घटनामा पूर्वक्रिकेटरसमेत रहेका सिद्धुलाई सजाय सुनाएको जनाइएको छ ।

सन् १९८८ डिसेम्बर २७ का दिन पञ्जाबको पटियालामा पार्किङमा सिद्धु र ६५ वर्षीय गुरनाम सिंहबीच हातपात भएको थियो । सरकारी अभियोजकका अनुसार सिद्धु र उनका अर्का साथी रुपिन्दर सिंह पटियालाको शेरनवाला गेटनजिकै विवादपछि गुरनामसँग हातपात गरी फरार भएका थिए । उनीहरू गुरनाम ढलेपछि भागेका थिए । पछि उपचारका क्रममा गुरनामको अस्पतालमा मृत्यु भएको थियो ।

गुरनामका परिवारले सिद्धु र उनका साथीविरुद्ध पछि मुद्दा दायर गरेका थिए । सन् २००६ मा उच्च अदालतले सिद्धु र उनका साथीलाई दोषी ठहर गर्दै ३र३ वर्ष जेल सजाय र एकरएक लाख रुपैयाँ जरिवानासमेत गरेको थियो ।

तर सिद्धुले उच्च अदालतको फैसलालाई चुनौती दिँदै सर्वोच्च अदालतमा अपिल गरेका थिए । उनी गुरनामको मृत्यु’bout चिकित्सको राय स्पष्ट नभएको भन्दै सर्वोच्च गएका थिए । त्यतिबेला सर्वोच्चका न्यायाधीश जे चेलमेश्वेर र एसके कौलको इजलासले सिद्धुलाई भारतीय दण्ड संहिताको धारा ३२३ अन्तर्गत ‘स्वेच्छाले चोट पुर्‍याएको’अपराधमा दोषी करार गरेको थियो । त्यसमा उनलाई भारतीय दण्ड संहिताको धारा ३०४ अनुसार दोषी ठहराउन नसकिने बताइएको थियो । सन् २००६ को पञ्जाब एन्ड हरियाणा उच्च अदालतले भने त्यही धाराअन्तर्गत उनलाई दोषी करार गरेको थियो ।

उच्च अदालतले गुरनामको मृत्युको कारण ुहृदयघातु नभई ‘सबड्युरल ह्यामरेजु(मस्तिष्कको बाहिरी सतहमा हुने रक्तश्राव)भएको उल्लेख गरेको थियो । तर सर्वोच्चले भने उच्च अदालतले भनेअनुसारको ‘सब्ड्युरल ह्यामरेजु को कुनै प्रमाण नभएको र केवल अनुमानमा आधारित भएको उल्लेख गरेको थियो । त्यही आधार देखाएर सिद्धुलाई सर्वोच्च अदालतले एक हजार जरिवाना मात्र गरेको थियो ।

You May Also Like