किशोरी ‘बलात्कार’ प्रकरणमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रतिनिधिसभाको बैठकको निर्देशन


काठमाडौं, ६ जेठ ।

नेपाली काँग्रेसका महामन्त्री तथा संसद गगन कुमार थापाले प्रतिनिधिसभाको बैठकमा किशोरी ‘बलात्कार’ प्रकरणमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यनाकर्षण गराएका छन् ।

थापाले आफ्नो विशेष समायमा संसदमा बोल्दै भनेका थिए, हिजो घर फर्कंदै गर्दा श्रीमती र दुईजना ससाना छोरीहरु सामाजिक संजालमा आएको एक नौजवान युवतीको भिडियो जसमा आठ वर्षअघि आफुलाई बलात्कार गरेको घटनाको उनले बताइरहेकी थिइन्, त्यो हेरिरहेको उसको प्रतिक्रिया उनिहरुको अनुहारमा परेको, छोरी डराएको म त्यो क्षण अहिले सम्झिरहेको छु।ु

८ वर्ष पुरानो यौनहिंसाको घटना सार्वजनिक भएको भन्दै तत्काल अनुसन्धान गर्न माग गरेका थिए ।
उनले भने, सम्माननिय सभामुख मार्फत यत्रो विषय सार्वजनिक भइसके पछाडि तत्कालै अनुसन्धानको दायरामा ल्याउनका निम्ति हार्दिक आग्रह चाहन्छु। साथै यसै संसदबाट बनाएको बलात्कारसम्बन्धी कानून, हाम्रो फौजदारी संहिताको खासगरी हदम्याद सम्बन्धी विषयका सन्दर्भमा पुनर्विचार गर्न सरकारलाई निर्देशन दिन पनि माग गर्दछु।ू

थापाको धारणामा ध्यानाकर्षण भएको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।

‘माननीयन्यूले राख्नुभएको यौन हिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन गर्दछु्’, सभामुख सापकोटाले भने ।

८ वर्ष अघि एक सौन्दर्य प्रतियोगिताका आयोजकले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले भिडिओ सार्वजनिक गरेपछि दोषीलाई कारबाही गराउन चौतर्फी दबाब बढिरहेको छ ।

You May Also Like