सोरु गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका शाही विजयी, उपाध्यक्षमा काँग्रेशका शाही

मुगु, ५ जेठ ।

मुगु जिल्लाको सोरु गाउँपालिकामा सत्ता गठबन्धन दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार धर्म बहादुर शाही विजयी भएका छन् । शाहीले ४०५५ मत प्रापत गर्दै विजयी भएका हुन् ।

उनका निकटतम पर्तिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार डिल्ली प्रसाद भट्ट पराजय भएका छन् । भट्टले १८०० मत प्राप्त गरेर पराजय भएका हुन् । भट्टले प्राप्त गरेको मत भन्दा शाहीको २२०० ले बढी हो ।

त्यस्तै गाउँपालिको उपाध्यक्षमा सत्ता गठबन्धन दल नेपाली काँग्रेसका उम्मेदवार केशरजंग शाही विजयी भएका छन् । उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार डिलकली शाही पराजय भएकी हुन् ।

नेकपा एकीकृत समाजवादीका नेता खडक बहादुर शाहीका अनुसार सोरु गाउँपालिकामा रहेका ११ वडा मध्ये चार वटा वडाका वडा अध्यक्षमा नेपाली काँग्रेस र स्वतन्त्रले तीनवटा वडामा जित हात पारेको छ । त्यस्तै नेकपा एमालेले दुई वटा वडामा जितेको छ, भने नेकपा माओवादी केन्द्रले पनि दुई वटा वडामा जित हात पारेको छ ।

त्यस्तै वडा नम्वर १ मा धनकर्ण छत्याल स्वतन्त्र, २ मा ऐन बहादुर शाही नेपाली काँग्रेस, ३ मा सिंह बहादुर धामी नेपाली काँग्रेस, ४ मा गोर्ख बहादुर मल्ल स्वतन्त्र, ५ मा पृथ्वी बहादुर मल्ल माओवादी केन्द्र, ६ मा बबर जङ्ग शाही नेपाली काँग्रेस, ७ मा जयपुरी बिस्ट एमाले, ८ मा हंस कार्की स्वतन्त्र, ९ मा सागर शम्शेर शाही नेपाली काँग्रेस, १० मा कुल चन्द्र जैसी एमाले र ११ नम्वर वडामा बिरजङ्ग शाही माओवादी केन्द्रका उम्मेदवार विजयी भएको निर्वाचन आयोग प्रमुखको कार्यलय सोरु गाउँपालिकाले जानकारी दिएको छ ।

You May Also Like