भरतपुरमा रेनुले १८५२ मतले पछि पारिन् सुवेदीलाई

चितवान, ४ जेठ ।

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रता कायमै राखेकी छन् ।

रेनुले एमालेका उम्मेदवार विजय सुवेदीलाई १ हजार ८५२ मत अन्तरले पछि पारेकी छन् । रेनुले १० हजार ४४९ मत पाएकी छन् भने एमालेका विजय सुवेदीको मत ८ हजार ५९७ छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत पाएका छन् ।

उपमेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १२ हजार ४९६ मत पाएका छन् । उनको प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ९९२ मत पाएकी छन् ।

You May Also Like