मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकाको मतगणना सुरु


मुगु ३१ वैशाख ।

शुक्रबार सम्पन्न भएको स्थानीह तह निर्वाचन मुगु जिल्लाको एक मात्र नगरपालिका छाँयानाथ रारा नगरपालिकाको मतगणना सुरु भएको छ ।

छाँयानाथ रारा नगरपालिका गमगढीमा शनिबार विहान ८ बजेसम्म ३०० मत गणना हुदा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार बिष्णु कुमार भामले १२६, नेकपा एमालेका उम्मेदवार डम्बर बहादुर रावलले ९८, नेकपा माओवादी केन्द्रका उम्मेदवार सुर बहादुर बुढाले ५० मत प्राप्त गरेका छन् । त्यस्तै जनता समाजवादी पार्टी जसपाका उम्मेदवार राज बहादुर भामको पक्षमा एक मत पनि परेको छैन, भने स्वतन्त्र तर्फका उम्मेदवार सुरजित साउदले १ मत प्राप्त गरेको जनाइएको छ ।

यसै क्रममा नगरपालिकाको उप प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार श्रीनगर ऐश्वर्य मल्लले १२३, नेकपा एमालेका उम्मेदवार टोमा लामाले १०१, नेकपा एकीकृत समाजवादीका उम्मेदवार बलराम साहनीले ३८ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बेलमती सेजुवालले दुई मत प्राष्त गरेकी छन् भने, जसपा उम्मेदवार सुरेश बि.क.ले एक मत पनि पाएका छैनन् ।

You May Also Like