मुगुमा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर गरिन् मतदान


मुगु, ३० वैशाख ।

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले मतदान गरेकी छन् । उनले नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेर मतदान गरेकी हुन् ।

छायाँनाथ रारा नगरपालिका– ५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वाडाको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् ।

उनलाई नाति दिपक रोकायले बोकेर मतदानस्थल लगेको जनाइएको छ ।

You May Also Like