मतदातालाई पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ


जनकपुरधाम, २९ वैशाख ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् ।

जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई पक्राउ गरेको छ ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । यद्धपी प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ। उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा आयोगको अध्यक्षमा नियुक्त गरिएको हो ।

You May Also Like