निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको हो : गृहमन्त्री खाण

काठमाडौं, २२ वैशाख ।

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारमा रहेको बताएका छन् ।

सप्तरीको राजविराजमा नेपाली काँग्रेसका कार्यकर्तासँगको भेटघाटमा उनले स्थानीय तह निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढङ्गबाट सम्पन्न गराउन सुरक्षा निकायलाई निर्देशन पनि दिएका छन् । गृहमन्त्री खाणले लोकतन्त्रलाई मजबुत बनाउनका लागि आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मैत्रीपूर्णरूपमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह पनि गरेका छन् ।

निर्वाचन सम्पन्न भएपछि देशले परिर्वतनको गति लिने भन्दै नेपाली काँग्रेस लोकतन्त्रको रक्षा गर्ने पार्टी भएको बताउनुभयो । गृहमन्त्री खाणले मुलुकमा लोकतन्त्रको सुदृढीकरणका लागि काँग्रसलाई मत दिन आग्रह पनि गरे ।

You May Also Like