चितवनमा गठबन्धनले जिल्तै पर्छ : प्रचण्ड


चितवान, २२ वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा गठबन्धनले जिल्तै पर्ने बताएका छन् । भरतपुरमा पाँच दलिय गठबन्धनको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भरतपुरमा जिते मात्रै गठबन्धनलाई दीर्घकालसम्म लैजान उत्साह मिल्ने बताएका छन् ।

‘तपाईँहरूले हँसिया हतौडामा भोट हाल्नु होला,’ उनले भने, ‘भरतपुरमा रेनु र चित्र सेनको टिमले जित्यो भने म उत्साही हुनेछु । प्रचण्डले आफूलाई शंका नगर्न आग्रह गर्दै सबैको साथ भए गठबन्धनलाई दीर्घकालसम्म लैजाने बताए ।

‘ममाथि शंका नगर्नुस् । युद्धलाई शान्तिमा, शान्तिलाई संविधानसभामा र संविधानसभालाई लोकतान्त्रिक गणतन्त्रमा लैजाने पात्र मै हो । हामीले यो गठबन्धन सोचे विचार गरेरै बनाएका छौँ । यसलाई जोगाएर जानुको विकल्प छैन’, उनले भने ।

You May Also Like