केपी ओली बयलगाडा दाशर्निक हुन् : माधव नेपाल

चितवान, २२ वैशाख ।

नेपाल कम्युनिट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गणतन्त्र विरोधी र बयलगाडा दाशर्निक भएको बताएका छन् । उनले भरतपुर महानगरपालिकामा आयोजित पाँच दलिय आमसभालाई सम्बोधन यसो बताएका हुन् ।

उनले सभालाई सम्बोधन गर्दै भनेका छन्,  ‘एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र विरोधी हुन् । उनी त नेपालमा गण्तन्त्र ल्याउँनु र बयलगाडा चडेर अमेरीका पुग्नु एउटै हो, भनेर बसेका थिए । त्यसैले ओली त बयलगाडा दाशर्निक हुन् ।’

उनले सभामा बोल्दै ओलीले गफ गर्नमा विद्यावारिधी हाँसिल गरेको पनि बताए । ुओलीले गफ गर्नमा विद्यावारिधी हाँसिल गरि सकेका छन्,ु उनले भने ।

त्यस्तै उनले झुटो कुरालाई पनि मिठो तरिकाले बोलेर जनतालाई फकाउने कला भएकोले जनताले बेलैमा होस गर्न आर्गह गरेका छन् । ‘ओलीले चुनावमा विभिन्न झुट आशा देखाएर फसाउन सक्छन होसियार रहनु होला,’ उनले भने ।

उनले पाँच दलिय गठबन्धन ओलीको प्रतिगमनकारी नीतिका विरुद्ध बनेको बताएका छन् । त्यस्तै गठबन्धन लामो समयसम्म नछुट्ने पनि बताएका छन् ।

सभामा बोल्दै उनले एमालेलाई कुहिएको फर्सी जस्तै भएको र त्यसलाई छोएमा रोग लाग्न सक्ने बताएका छन् । ‘पहिला हामी हुदा एमालेमा राम्रो काम गरेका थियौ,’ उनले भने, ‘ओली आएदेखि एमाले कुहिएको फर्सी जस्तै भएको छ । यसलाई छोयो भने रोग लाग्न सक्छ ।’

You May Also Like